Skip to content

कैलाशमा ९ ए साइड फुटबल प्रतियोगिता हुँदै

कैलाशमा ९ ए साइड फुटबल प्रतियोगिता हुँदै
प्रकाशित:
शब्दको आकार

हेटौंडा: मकवानपुरको कैलाश गाउँपालिकामा ९ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । स्यार्से कालिका क्लबले विजय दशमीको अवसरमा शुक्रबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका सह-संयोजक चिरण बर्तौलाका अनुसार कैलाश-९ मा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक स्यार्से कालिका र ग्याङ स्टार बीच प्रतिस्पर्धा हुनेछ । यस्तै शुक्रबारको दोस्रो खेलमा वरिष्ठ १० नम्बर क्लब र आमडाँडा क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल असोज २२ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले खसी र उपविजेताले बोका प्राप्त गर्नेछन् ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts