बाढी पिडितको तत्काल व्यवस्थापन गर्न नेविसंघ रौतहटको माग

रौतहट, १५ असोज:नेपाल विद्यार्थी संघ रौतहट जिल्ला समितिले बाढी, डुबान, पहिरो पिडितहरुको उद्धार र व्यवस्थापन यथाशिघ्र गर्न माग गरेको छ । समितिका सभापति अधिकार लामिछानेले विज्ञप्ती मार्फत सरकार समक्ष यहीं असोज ११ र १२ गतेसम्म मनसुन सक्रिय रही देशको विभिन्न भागमा मेघ गर्जन/चट्याङ सहित रौतहट जिल्ला सँगै विभिन्न स्थानहरुमा भएको भारी वर्षा को कारण हुन गएको धनजनको क्षति प्रति दु:ख प्रकट गर्दै पिडितहरुलाई तत्काल राहत, उद्वार एवम् घाइतेको उपचारको माग गरेका छन्।

Messenger creation AB749833 81A7 4794 89B6 80340E752AFF


‘यस प्राकृतिक विपतले रौतहटको विभिन्न स्थानहरुमा पुर्याएको क्षति भयावह रहेको छ । यस भयावह क्षणमा नागरिकको उद्धार र जनजिवनको रक्षामा नेपाल विद्यार्थी संघ रौतहट जिल्ला कार्यसमिति निरन्तर लागिरहेको जानकारी यहाँहरुलाई अवगत गराउँदछु’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल विद्यार्थी संघ रौतहट जिल्ला कार्यसमिति नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यालयलाई राहत सहित स्थलगत निरिक्षण गर्नु हुन पनि यहि पत्र मार्फत अनुरोध गर्दछौं ।’
जिल्ला सभापती लामिछानेले नेविसंघले जिल्लाका विभिन्न प्रभावित स्थलहरुको प्रत्यक्ष अनुगमन गरि उनीहरुको राहत, उद्वार र पुर्नवासको लागि निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले नेविसंघ सदैव नेपाली जनताको सुखदुःखमा साथ दिदै आइरहेको इतिहास स्मरण गर्दै यस विषम परिस्थितिमा पनि नेविसंघ जनताको लागि अहोरात्र खटिएको बताउनुभयो। उहाँले रौतहट जिल्लाका पिडित तथा प्रभावितहरुलाई जिल्ला प्रशासन कार्यालय, स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकारले गम्भीरतापूर्वक लिएर तत्काल उद्धार र व्यवस्थापन गर्नु ध्यानाकर्षण पनि गराउनुभयो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: