सिन्धुलीको हरिहरपुरगढी बागमती नदि किनारामा बेबारिसे महिलाको लास फेला

सिन्धुलीको हरिहरपुरगढी -१ बस्तीपुर र वडा नम्बर ३ को सिमानामा स्थित बागमती नदि किनारमा बेबारिसे महिलाको लास फेला परेको छ। बिहान ७ बजे स्थानियले नदि किनारामा लास देखेपछि प्रहरी चौकी गुर्जीमा सम्पर्क गरेका थिए। इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षकको टोलि सहित लास भएको स्थानमा आई मुचुल्का उठाइएको थियो।अन्दाजी २५ /३० बर्षको महिलाको लासको हातमा ट्याटु ,दुवै हातमा औलामा औठी रहेको प्रहरीले जनाएको छ।
हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रध्वज वाईबा,वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर भोलन, वडा नम्बर १ का वडा सदस्य शुशिल घिसिङ्गको रोहबरमा बेबारिसे महिलाको लासलाई पोस्टमार्टमको लागि कपिलाकोट पठाइएको प्रहरीले जनाएको छ।महिलाको पहिचान हुन नसकेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: