Skip to content

मकवानपुरको बागमतीमा अबरुद्द बाटो खुल्यो

मकवानपुरको बागमतीमा अबरुद्द बाटो खुल्यो
प्रकाशित:
शब्दको आकार

हिजो बिहान देखि अबरुद्ध मदन भण्डारी राजमार्ग सिन्धुली हेटौडा सडक खण्ड अन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने बागमती पुल नजिकैको बाटो संचालनमा आएको छ।
बागमती गाउँपालिकाको वडा नम्बर ४ पाचपाण्डबमा हिजो बिहान बागमती नदीले कटान गरि बाटो अबरुद्द भएको थियो। बागमती गाउँपालिका प्रमुख सर्केश घलानको समन्वयमा बाटो ब्याकहोलोडर ,टिपर ,रोलर प्रयोग गरि बाटो अबरुद्द खोलिएको छ।
बाटो खुलाउने काममा बिहानै देखि खटिनु भएका बागमती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दन्तलाल माझी किरणका अनुसार बर्षेनी मकवानपुर सिन्धुली जोड्ने पुल छेउमा बाटो कटान भैई समस्या आउने गरेको र पुल निर्माण कम्पनि स्वच्छन्द निर्माण सेवा र सडक बिभागले खासै चासो नदेखाएको बताउनुभयो।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts