ललितपुरको महानगरपालिका वडा नम्बर २५ सुगम बस्ती नख्खुडाेलबाट खाेलाले बगाएका चार जनामध्ये तीन जनाको जीवितै उद्धार भएको छ । उद्धारको याचनासहित टहरोको छानोमा उभिएका उनीहरूलाई नख्खु खोलाले बगाएको थियो ।गुहार मागिरहेका बेला अचानक टहराे भत्केपछि उनीहरू खाेलासँगै बगेका थिए । यसरी बगेका चार जनामध्ये दुई जनालाई तेमाल गाउँपालिका ९ काभ्रेका ३३ वर्षीय चणिकलाल तामाङले उद्धार गरेका थिए भने एक जना आफैँ पाैडी खेलेर बाँच्न सफल भएका हुन् । एक जनाको अवस्था भने अहिलेसम्म अज्ञात छ ।
14