मकवानपुरमा पहिरोमा पुरिएका एन्फा एकेडेमीका बेपत्ता ६ जना बालक सबै मृत भेटिए

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको शव भेटिएको छ ।

सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए ।

उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोमा पुरिएको विद्यार्थीहरूको शव निकालेर काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो ।

कुलेखानी जलविद्युत आयोजनाको इन्द्र सरोवर भरिएर शनिवार बिहान जलाशयको २ वटै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा उनीहरूको पहिरोमा पुरिएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए ।

क्याम्पमा रहेका अन्य विद्यार्थी सुरक्षित रहेको उनले बताए । सुरक्षित रहेका ३४ जनालाई पनि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । इन्द्रसरोवर गाउँपालिका–३ स्थित वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ४० बालक बन्द प्रशिक्षणमा रहेका थिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: