सिन्धुलीको हरिहरपुरगढीमा स्वास्थ्यकर्मी पहिरोमा पुरिए समयमै उद्धार ,अबस्था सामान्य

झनझने : हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा बिहान ५ बजेदेखी बागमती खोलामा भीषण बाढी आउने चेतावनी भएकाले खोला आसपासका बस्तीहरुलाई स्थानतरण गर्न निरन्तर खटिनु हुँदै थियो। आज नै जनताको सेवामा गाउँपालिका अन्तर्गतको महेन्द्रझ्याडी स्वास्थ्य चौकीको हाकपारा खोप केन्द्रमा खोपको दिन भएकाले सो कार्यको लागि खटिनु भएका स्वास्थकर्मीद्वय विमाया घलान”बिनिशा” र राजकुमारी राई खोप लिएर आउँदै गर्दा मदन भण्डारी राजमार्गको हाकपारा भिरमा एक्कासी पहिरोमा पुरिनुभयो। सोही समयमा नेपाल टेलिकममा नेटवर्कको समस्या थियो।

461512661 2841059549392983 3994342134056891237 n

हरिहरपुरगढी गाउँपालिका-३ साडेँमा बस्ती उद्दारमा खटिएको कृषि उपशाखा प्रमुख प्रवेश देबकोटालाई रुँदै एउटा फोन आयो, “भाई हाकपारा भिरमा पहिरोमा परें र दिदिलाई बगायो,हराउनुभयो।”, झट्टै पालिका अध्यक्ष वाईबा र योजना शाखा प्रमुख राजु उप्रेती सहितको टोलि वडा नं.४ हाकपारा भिरमा पुग्दा चिच्याहट सुनिएको स्थानमा पहिरोको बिना प्रवाह नगर प्रहरी इन्चार्ज नुन्द राई,प्रहरी बिष्णु राई,सन्त तामाङ भोलन पुगेर उद्धार गरिएको थियो। रुँदै विमाया घलानले पालिका अध्यक्ष सामु भनिन “आज अर्को जन्म पायौं!”

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: