Skip to content

हरिहरपुरगढीमा बाढी पिडितलाई राहत वितरण

हरिहरपुरगढीमा बाढी पिडितलाई राहत वितरण
प्रकाशित:
शब्दको आकार

हरिहरपुरगढी:अविरल बर्षाको कारण बागमती नदि सिन्धुलीको हरिहरहरपुरगढी गाउँपालिका ३ स्थित बगैचा नयाँ बस्तिमा बाढी पस्दा पशु चौपाया नदिले बगाएर लागेको छ साथै ४० घर डुबानमा परेको र केहि बगाएको छ। हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वजको नेतृत्वमा गाउँ प्रहरी तथा स्थानियको सहयोगमा स्थानियलाई उद्दार गरि सुरक्षित स्थान तर्फ सारिएको छ। बाढीले खेतमा लगाएको धान बालि नष्ट भएको छ।


पालिकाले तत्कालै उद्दार पश्चात पुर्णरुपमा घर क्षति भएका केही व्यक्तिहरुलाई राहत स्वरुप त्रिपाल, खाद्यान्न,भाडाकुडा र लत्ताकपडा वितरण गरिएको छ।
राहत वितरण गर्दै पालिका अध्यक्ष बज्रध्वज वाईबाले बिपतको बेला सबैलाई सचेत रहन र विपद जोखिम क्षेत्रबाट टाढा रहन अनुरोध गर्नु भएको छ।
बाढी ग्रस्त क्षेत्रमा पालिका अध्यक्ष वाईबा ,गाउँ प्रहरी ,वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर भोलन ,कार्यपालिका सदस्य मोहनकाजी बिश्वकर्मा,कर्मचारी राजु उप्रेती ,प्रवेश देबकोटा लगायत स्थानियहरु दिन भरि नै उद्धार तथा राहत वितरणमा लागिपरेका थिए।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts