बिहिबार देखी भएको निरन्तर बर्षाका कारण बाढी पहिरोमा परेर सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परि शनिबार एक बालकको मृत्यु भएको हो भने खोलाले बगाउदा एक पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेका अनुसार घरमाथि बाट पहिरो खस्दा भाग्ने क्रममा सुनकोसी गाउँपालिका १ का १२ बर्षिय बालकको मृत्यु भएको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।
यस्तै शुक्रबार राती कमलामाई नगरपालिका ९ सुके खोलाले बगाउँदा एक जना बेपत्ता भएका कमलामाई नगरपालिका १३ का ४२ वर्षीय कृष्ण बोगटीको मृत्यु भएको छ । उनको शव १ ५ किलोमिटर तल दोभानमा फेला परेको एसपी काफ्लले जानकारी दिए ।
बर्दिबासमा काम गर्न गएको र घर फर्कँदा खोला तर्ने क्रममा उनलाई राती ८ः१५ बजे बाढीले बगाएको थियो।