8
हेटौडा : निरन्तर बर्षाले पहिरो खसेर मकवानपुर हेटौडा ललितपुर टिकाभैरब सडक अन्तर्गत कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । हिजो राति मकवानपुरको बकैया गाउँपालिका- १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।
पहिरो साझ सम्म हटाउन दिनभर लाग्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनु भयो ।