सिन्धुली: सिन्धुलीको गोलन्जोर गाउँंपालिकास्थित यातायात व्यवस्था कार्यालय खुर्कोटले आर्थिक वर्ष २०८०/२०८१ मा ७ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयको तथ्यांक अनुसार ७ करोड ७१ लाख ७० हजार ४ सय ९६ रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयका निमित्त प्रमुख शेषराज ढकालका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी ५ करोड ४८ लाख ७९ हजार २ सय ५४ रुपैयाँ, सवारी इजाजत दस्तुर ८५ लाख ७ हजार ८ सय रुपैयाँ, यातायात क्षेत्रको आय शिर्षकबाट १ करोड २४ लाख ८० हजार ४ सय ४२ रुपैयाँ र परिक्षा दस्तुर शिर्षकबाट १३ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले उक्त आर्थिक वर्षमा ४ सय ६४ वटा सवारीको नामसारी, ३ सय ४१ को सरुवा दर्ता, १ हजार ८ सय ५२ वटाको रुट नविकरण, ५ सय २२ वटाको रुट इ जारी, १ हजार ७ सय ३१ को जाँचपास र १० हजार ८ सय ५० वटा पड्के काटेको छ । कार्यालयले ७ सय ३१ नयाँं, २ सय ८९ नयाँ वर्ग, ४ सय ७५ नविकरण र एक प्रतिलिपी सवारी अनुमति पत्र वितरण गरेको छ ।