झनझने ,असोज ८: गाउँपालिकाले असोज ७ गते देखि पालिकाबासीको सुविधालाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र बनाउने सम्बन्धि विवरण दर्ता सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय, रानीपानीमा केन्द्र स्थापना गरी वडा नम्बर १ देखि ५ सम्मको वडागत तालिका बनाई वडा नम्बर ३ कार्यालयमा बाट विवरण दर्ता गर्ने कार्य भईरहेको छ ।
त्यस्तै वडा नम्बर ६, ७ र ८ को केन्द्र फरक हुने भएकोले पछि सूचना मार्फत जानकारी गराउने सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखा प्रमुख मनोराज घिसिङले बताउनुभयो । पालिका बासी सिन्धुली सदरमुकाम गएर घन्टौ सम्म लाइन लागेर २ दिन सम्म कुरेर राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने अबस्थालाई मध्यनजर गर्दै पालिका प्रमुख बज्रध्वज वाईबा र प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकाराको पहलमा राष्ट्रिय परिचयपत्र कम्प्युटर अपरेटर कर्मचारी मगाई काम सुरु गरिएको हो । पालिकाको त्यो पनि आफ्नै वडामा राष्ट्रिय परिचयपत्र दर्ता गर्नपाउदा सेवाग्राही खुशी भएको पालिका प्रमुख पैकाराले बताउनुभयो ।