माओवादीबाट आफ्नै घर एमालेमै फर्किए बुढाथोकी

सिन्धुली । नेकपा एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका कमलामाई नगरपालिका -९ भीमानका नेता नानु बुढाथोकी पुनः एमालेमै फर्किएका छन् ।
माओवादी केन्द्र कमलामाई नगर कमिटी उपाध्यक्ष समेत रहेका बुढाथोकी एमालेमै फर्किएका हुन् ।
०७९ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट कमलामाई नगरपालिका वडा नं- ९ को वडाअध्यक्ष आकांक्षी रहेका बुढाथोकीलाई टिकट नदिएपछि पार्टीले आफूलाई अन्याय गरेको भन्दै माओवादीमा प्रवेश गरेका थिए ।
साँढे दुई वर्षको समयमा माओवादीमा बिताएका चौलागाईं आफ्नो लगानी र बलिदान एमालेमै रहेकाले आफू आफ्नै घरमा फर्किएको बताए ।
सोमवार नेकमा एमाले जिल्ला कमिटीले सिन्धुलीमाढीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमा नेकपा एमालेका कार्यबाहक अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेल र जिल्ला इन्चार्ज मनोजजंग थापाल गायत नेताहरुले अविर लगाएर बुढाथोकीलाई एमालेमा स्वागत गरेका गरेको जिल्ला कमिटी उपाध्यक्ष एवंम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: