Skip to content

चैनपुर बजार व्यबस्थापनमा पालिकाको सहयोग

चैनपुर बजार व्यबस्थापनमा पालिकाको सहयोग
प्रकाशित:
शब्दको आकार

असोज ,६चैनपुर:सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको नमुना बजारको रुपमा स्थापित हुदै गैरहेको चैनपुर बजार ब्यबस्थिकरणको काम सुरु भएको छ।
हरिहरपुरगढी गाउँपालिका प्रमुख बज्रध्वज वाईबाको निर्देशनमा बजारको भागलाई समतल बनाउने काम भएको हो। पानी पर्दा जलमग्न भइ हिलो हुने र हिडडुल गर्न समस्या हुने भन्ने गुनासोलाई सम्बोधन गर्नु भएको हो। जनताको गुनासोलाई सम्बोधन गरिने र सकारात्मक सोच लिई पालिकालाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ,त्यस्तै पालिकाको बिकासमा आफु २४ सै घण्टा सेवामा तयार रहेको बताउनुभयो।
हाल चैनपुर बजार साताको सोमबार लाग्दै आइरहेको छ स्थानिय उत्पादनको बजारिकरणको लागि हाट बजार उपयुक्त रहेको छ।
पालिकाको सहयोग संगै चैनपुरको त्रिमिलन बजार ब्यबस्थापन समितिको टिम र स्थानियहरुले श्रमदान गरि बजारको स्वरुप नै परिबर्तन गर्न लागिरहेका छन।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts