सिन्धुलीका सन्चारकर्मी जि.वि. श्रेष्ठ सम्मानित हुनु भएको छ । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि.को १६ औँ बार्षिक साधारण सभा तथा छैठौैँ अधिवेशनको अवसरमा विहिबार श्रेष्ठलाई सम्मान गरिएको हो । संस्थाको उन्नती प्रगतिमा सन्चार क्षेत्र मार्फत सहयोग पुर्याउनु भएकाले सम्मान गरिएको हो ।
सन्चारकर्मी श्रेष्ठ विगत १५ बर्षदेखि सन्चार क्षेत्रमा निरन्तर लागिरहनुभएको छ । हाल श्रेष्ठ पालिका आवाज अनलाईका प्रधान सम्पादक र जिवि पोडकाष्टका सन्चालक हुनुहुन्छ ।