१० औ संविधान दिवसको उपलक्ष्यमा हरिहरपुरगढी गाउँपालिकाले पालिका परिसरमा नेपालको नक्सा बनाई मैनबत्ती बालेर दिप प्रज्वलन गरेको छ । पालिका अध्यक्ष बज्रध्वज वाईबाले सम्पुर्ण पालिका बासीमा सुख ,शान्तिको कामना गर्दै साथै संविधान कोर्नको लागि ज्यानको बलि दिने सम्पुर्ण शहिदलाई समर्पित गर्दै दिप प्रज्वलन गरेको बताउनु भयो ।
दिप प्रज्वलन कार्यक्रममा पालिका अध्यक्ष वाईबा ,प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकारा , कार्यपालिका सदस्री सन्तली राई , मोहनकाजी बिश्वकर्मा , शाखागत कर्मचारि , पत्रकार लगायतको उपस्थिती रहेको थियो ।