हरिहरपुरगढीमा संविधान दिवसमा नृत्य प्रतियोगिता ,जनहित माबि बोटिनि प्रथम

हरिहरपुरगढी गाउँपालिकाले संविधान दिवसको अवसरमा आज खुल्ला नृत्य प्रतियोगिताको गरेको छ। प्रतियोगिताको उपाधी वडा नम्बर ५ मा रहेको जनहित माध्यमिक विद्यालय बोटेनीले जितेको छ ।

460733536 818847893654321 3831794061839764923 n

१० औं संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हरिहरपुरगढी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको नृत्य प्रतियोगितामा पालिका भित्रका ११ वटा विद्यालयका ६ देखि १० कक्षा सम्म पढ्दै गरेका विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

460645188 818846020321175 4301320744975008626 n


खुल्ला नृत्य प्रतियोगितामा प्रथम भएको जनहित माध्यमिक विद्यालय बोटेनीले नगद १० हजार रुपैयाँ सहित प्रमाणपत्र पुरस्कार पाएको छ ।

त्यस्तै दोस्रो स्थान हासिल गरेका वडा नम्बर ३ को भानुभक्त मावि तिनकुनाले नगद ७ हजार रुपैयाँ, तेस्रो स्थान प्राप्त गरेका वडा नम्बर १ को मावि कर्मिडाडा चिसापानीले नगद ५ हजार रुपैयाँ र सानत्वना स्थान हासिल गरेका वडा नम्बर ४ को मावि महेन्द्रझ्याडीले नगद २ हजार रुपैयाँ सहित प्रमाणपत्र पुरस्कार पाएको छ ।

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको अध्यक्षतामा भएको प्रतियोगितामा उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, गाउँपालसका प्रवक्ता एवं ४ नम्बर वडाअध्यक्ष कमल कुमार राई, २ नम्बर वडा अध्यक्ष विश्व राई, ७ नम्बर वडा अध्यक्ष बिच बहादुर मोक्तान, विभिन्न राजनीति दलका नेता, विद्यालयका शिक्षक विद्यार्थी लगाएतको उपस्थिति रहेको छ ।संविधानबारे जन स्तरमा अझै पूर्ण जानकारी नभएको बताउनुभयो

460733597 818846433654467 6755113161157338572 n

संबिधान भन्ने ख्याल ख्याल होइन १७ हजारको बलिदान ,जनआन्दोलन र जनयुद्दको उपलब्धि भएको बताउनुभयो त्यस्तै बिधार्थीको कलालाई उजागर गर्न य्निहरुको प्रतिभालाई सबै माझ ल्याउन आयोजना गरिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: