शुभाषलाई किरात देवास राई उत्थान समाजको सहयोग

काठमान्डौ,भदौ २६ :सिन्धुली हरिहरपुरगढी गाउँपालिका २ बखफरका शुभाष कुमार राईको उपचारको लागि किरात देवास राई उत्थान समाजले आर्थिक सहयोग गरेको छ। समाजका केन्द्रिय अध्यक्ष आसमान राईको नेतृत्वमा रु ३६,०५० नगद संकलन गरि शुभाष कुमार राईलाई हस्तान्तरण गरेको हो। शुभाष विगत ६ वर्ष देखि PNH/ Aplastic Anemia रोगले ग्रसित भइ हाल निजामति कर्मचारी अस्पताल काठमाण्डौमा उपचार गराउदै आइरहेका छन।उनलाई थप उपचारको लागी बोनम्यारो ट्रान्सप्लान्टको लागी डाक्टरको सल्लाह अनुसार तीस लाख खर्च लाग्ने भएकोले आर्थिक सहयोग तथा संकलन भैरहेको छ। उनका बुवा सत्य राईले आफ्नो आर्थिक अबस्था कमजोर भएकाले आर्थिक सहयोगको अपिल गरेका छन्।

Raksani dada ban
455916169 8162981957119093 7834312399863655071 n

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.