खहरे खोलालाई नियन्त्रण गरे मात्र मरिण नियन्त्रण सम्भव अध्यक्ष : बज्रध्वज वाइबा

झनझने ,भदौ २४ :मरिण खोलाले हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर २ ,४, ५ धेरै प्रभावित पारिरहेको पालिका अध्यक्ष बज्रध्वज वाइबाले भन्नुभयो। सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत भएको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नदि नियन्त्रण सम्बन्धि प्रारम्भिक बाताबरणिय परिक्षण (आई ईई ) सम्बन्धि सार्वजनिक सुनुवाई बोल्नुहुदै वहाले मरिण खोलाले धेरैको नम्बरी जग्गा बगरमा परिणत गरेको बताउनुभयो |

झोलुङ्गे पुल पनि जोखिममा रहेको र सुनकोशी नदी मरिणमा झरेपछि अबस्था झनै जोखिम हुने र सहि फिल्ड रिपोर्ट योजना बनाउन आयोजनाका इन्जिनियरहरुलाई सुझाब दिनुभयो। विकल्पको रुपमा केहि पानि क्यानेश्वर तर्फ डाइभर्ट गरि फेरी बागमती मै झारेर त्यसको जोखिम कम हुन सक्ने र पानीले क्यानेश्वरका कृषकको कृषि उत्पादन पनि बढ्ने पनि सुझाब दिनुभयो। कार्यक्रममा मरिण खोलाले आयोजना सञ्चालन हुँदै गर्दा गाउँपालिका अन्तर्गत प्रभावित हुनसक्ने विभिन्न क्षेत्रको उठान गर्दै त्यसबारे ध्यान दिई दिगो विकासका लागि आयोजना कार्यालयको ध्यानाकर्षण गराउनु भएको छ।
त्यस्तै एमाले केन्द्रिय सदस्य कमलजंग राईले आयोजनाबाट कसैको नम्बरी जग्गा नबिग्रियोस ,मुअब्जा दिनुपर्ने बताउनु भयो। रास्ट्रीय गौरबको आयोजनालाई हामीले साथ दिन्छौ तर यो आयोजनाबाट कोहि कसैको बिचल्ली नहोस भन्ने सुझाब दिनुभयो। कार्यक्रममा सहभागि स्थानियले आफ्ना गुनासा तथा सुझाबहरु दिएका थिए।

पालिका अध्यक्ष बज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यकममा वडाका अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु,मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका इन्जिनियरहरु,कर्मचारी,सरोकारवाला र स्थानियहरुको उपस्थिति रहेको थियो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा १३ दशमलव ३ किलोमिटरको सुरुङ्गको ब्रेकथु गत बैशाख २६ मा गर्नुभएको थियो। च्च प्रविधिबाट ५ दशमलव ५ डायमिटरको सुरुङमा पानी हाल्न सुनकोशी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माणको काम जारी छ । सुरुङमार्फत मरिणखोलामा सुनकोशीको पानी प्रतिसेकेन्ड ६७ क्युसेक खसालिनेछ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट बिजुली उत्पादन गरिनेछ ।सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिनले सुरुङ खनेको हो ।

सुरुङ खन्न मात्रै चाइना ओभरसिज कम्पनी कोभेकले मूल्य अभिवृद्धि करबाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का सकारेको थियो ।१५ अर्ब ५९ करोड ४० लाख रुपैयाँको सुरुङ निर्माण कोभेकले ३६ प्रतिशत घटेर ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिणखोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

IMG 2250

विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको मुख्य उद्देश्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: