हरिहरपुरगढीको रतनपुरमा बाईक दुर्घटना एकको मृत्यु एक गम्भीर घाइते

सिन्धुलीको हरिहरपुरगढी २ रतनपुरमा बाइक दुर्घटना हुदा एकको मृत्यु र अर्का गम्भीर घाइते भएका छन्। हिजो शुक्रबार दिउसो मदनभण्डारी राजमार्ग अन्तर्गत हरिहरपुरगढी २ रतनपुरमा मकवानपुरवाट सिन्धुलीतर्फ आउदै गरेको बा.प्र.०३-००५ प ९८६ नं.को NS २०० मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक मकवानपुर बाग्मती ५ का अन्दाजी २१ बर्षको भेष बहादुर गोलेको टाउकोमा गहिरो चोट तथा गम्भिर बोल्न नसक्ने अबस्था र मोटर साईकलमा पछाडी सवार मकवानपुर बाग्मती ४ का २२ बर्षीय प्रविन बजुको टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। उनीहरुलाई हरिहरपुरगढी वडा नम्बर २ का वडा अध्यक्ष विश्व राई ,प्रहरी तथा स्थानियले उद्धार गरि उपचारको लागि हेटौडा पठाइएको थियो।

458335924 1014002533553391 6566359370155976462 n

बाइकमा पछाडी सवार प्रविन बजुको उपचारको क्रममा साझ सवा पाच बजे मकवानपुर सहकारी अस्पताल हेटौडाको चिकित्सकले मृत्यु घोषणा गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अर्का घाइते भेष बहादुर गोलेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: