हेटौडा बसपार्कको होटलमा एक युवतीको हत्या

मकवानपुरको हेटौंडा १० बसपार्कमा रहेको होटल रत्नामा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। मृतक हेटौंडा ११ थानाभर्याङ्गकी अन्दाजी २३ वर्षीकी एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


आइतबार राती युवती र एक पुरुषसंग होटलको कोठा नम्बर २०५ बसेको र बिहान अबेरसम्म नउठेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोली र संचालक, जनप्रतिनिधि सहितले झ्यालबाट हेर्दा युवति ओछ्यानमा मृत अवस्थामा फेला परेको डिएसपी भण्डारीले बताए । कोठा भित्रबाट लक गरेको अवस्थामा रहेको कोठाभित्र युबतिको लाश फेला परेको थियो। होटलमा युवतिसंगै रहेको पुरुष आइतबार रातिनै निस्किएको र उनको खोजी कार्य जारी रहेको जनाइएको छ। युबतिको शव परिवारले शनाखत गरेको र पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा ल्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: