सिन्धुलीको हरिहरपुरगढी ३ माढीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।सोमबार हरिहरपुरगढी -१ शिखर घर भएकी अन्दाजी ४० बर्षकी छलीमाया गोलेको खेतमा धान गोड्ने बेला अचानक चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । त्यस्तै चट्याङ्ग लागेर शिखरकै अन्दाजी ४० बर्षकी लुकुमाया रुम्बा अन्दाजी १८ बर्षिया शुशिला माया रुम्बा घाइते भएका छन ।लुकुमायाको अवस्था अलि गम्भिर रहेको र सुशिलाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । लुकुमायालाई दाहिने खुट्टादेखि टाउकोसम्म दुख्ने, मुटुु दुख्ने भईरहेको र सुशिलाले दाहिने कान नसुन्ने, टाउको शरिर दुख्ने गरेको छ ।उनीहरुको अवस्था मध्यम रहेको र मकवानपुर स्थित लामा पोलिक्लिनिक्समा उपचार पछि थप उपचारको लागि हेटौडा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
5