सिन्धुलीको मरिण गाउँपालिका दधिदमारमा खोलाले बगाएर एक युबकको मृत्यु भएको छ ।
आइतबार दिउँसो दुई बजेको समयमा बाख्रा चराउन गएका मरिण गाउँपालिका -७ का बर्ष २८ का ज्ञानबहादुर भोलनको चुनिया खोलाले बगाइ मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट पठाइएको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
6