Skip to content

हेटौडामा आउदो अशोज १९ गते लाईभ सेलो साँझ कार्यक्रम हुने

हेटौडामा आउदो अशोज १९ गते लाईभ सेलो साँझ कार्यक्रम हुने
प्रकाशित:
शब्दको आकार

ओपेरा इन्फो टेन्ट मेन्ट सिने प्रालिले हेटौडामा हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ २०८१ गर्ने भएको छ।
आइतबार हेटौंडामा अबस्थित रेड पाण्डा रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै असोज १९ गते हेटौंडा २ स्थित पल्पसा हलमा दिनको २ बजे कार्यक्रम हुने जानकारी दिएको हो ।
बडा दशैंको शुभकामना आदानप्रदान सहित तामाङ समुदायको संस्कार, संस्कृति, कला, भेषभुषा र भाषाको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ओपेराका सञ्चालक बिक्रम लुङ्बाले जानकारी दिनुभयो ।
टुङ्ना र डम्फु प्रशिक्षण सहयोगार्थ कार्यक्रममा मकवानपुरे तामाङ कलाकार प्रकाश तामाङ सहित सुमिना लो को गायन प्रस्तुति रहनुको साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत रहने लुङ्बाले बताउनुभयो ।कार्यक्रमको टिकट शुल्क पछि जानकारी गराउने कार्यक्रम बिक्रम लुङ्ग्बाले जानकारी दिनु भयो।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts