मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरमा भैसी गोठमा बाघ मृत फेला परेको छ । स्थानिय बल बहादुर राईको भैंसी गोठमा बाघ मृत फेला परेको हो । राती करिब २ बजेको समयमा बाघ गाउँ छिरेको र राईको गोठमा प्रबेश गरि भैंसीलाई आक्रमण गरेको र बाघको आक्रमणमा परि भैंसी घाईते बनाएको छ ।बाघ बूढो भएको र भैंसीको आक्रमणबाट मरेको हुनसक्ने प्रहरीले बताएको छ ।
गाउँमा बाघ छिरेपछी मध्यवर्ती उपभोक्ता समुह मनहरीका सचिव कमल राईले प्रशासनलाई राती नै खबर गरेका थिए ।
मृत बाघलाई पर्सा राष्ट्रिय निकुन्जले थप अनुसन्धानको लागि बारा जिल्ला स्थित आदाभार कार्यालय लगिएको छ ।
5