हेटौंडा:बागमती प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र मातहतका कार्यालय अव डिजिटलमा रुपान्तरण हुदैँ छन् । प्रविधि मैत्रि समयमा सेवाग्राहीको सहजताका लागि मन्त्रालय र मन्त्रालयका मातहतका कार्यालयहरुलाई डिजिटलमा रुपान्तर गर्ने कार्यको सुरुवात भएको छ ।
मन्त्रालयको स्थापन दिवशको अवसरमा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले यसको सुरुवात गर्नु भएको हो । अव मन्त्रालयसगैँ मन्त्रालयका मातहतका कार्यालयहरु पनि डिजिटलमा जादै छन् ।
कार्यसम्पादन राम्रो होस् भनेर डिजिटल प्रविधिमा लैजान लागेको उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले बताउनु भयो । ‘यस मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरुलाई पूर्ण डिजिटल बनाउने मेरो सपना हो,ु मन्त्री तामाङले भन्नु भयो– ‘प्रविधिको समयमा सेवाग्राहीको सहजताका लागि डिजिटलाईजको आवश्यक छ ।
उद्योग मन्त्रालय र अन्तर्गतका सबै निकायलाई अनलाइन प्रणालीमा जोड्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्थापना दिवसको अवसर पारेर यस कार्यको थालनी गरिएको हो । डिजिटल बोर्ड मार्फत नागरीकले सेवा प्राप्त गर्ने विषयको जानकारी पनि गरिने छ । डिजिटल बोर्डमा कार्यालयबाट दिईने सेवाका वारेमा पनि जानकारी गराईने छ । जसले गर्दा सेवाग्राहीलाई सेवा दिन सहज हुने मन्त्रालयले विश्वास लिएको छ । यो सगैँ अव मन्त्रालयले सेवाग्राहीको हितका लागि एसएमएस स्टिम, अनलाईन बाट कार्य सम्पादन जस्ता प्रविधिको पनि विकास गर्दै लैजाने मन्त्रालयका सचिव राजेन्द्र के.सिले बताउनु भयो । मन्त्रालयले एक वर्षा पुरा गरेकाे अवसरमा कार्यक्रम गरेको थियाे । कार्यक्रममा मन्त्रालयले एक वर्षमा गरेकाे गतिविधि डिजिटल मार्फत प्रस्तुत गरिएकाे थियाे ।