5
सिन्धुलीको मरिण गाउँपालिकामा गोठालो जाँदा भिरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
हिजो साझ भिरबाट लडेर गम्भीर घाइते भएकी मरिण गाउँपालिका-१ टुँडिखेलकी २२ वर्षीय ललिमाया बलको उपचारको क्रममा मङ्गलवार मृत्यु भएको हो ।
भिरबाट लडेर बेहोस भएकी बलको भक्तपुरको ईन्टरनेशनल अस्पतालमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।