मकवानपुर सहकारी अस्पतालको लापरबाहीले बालकको ज्यान गएको आरोप

हेटौंडाः मकवानपुरको हेटौंडा – १ स्थित मकवानपुर सहकारी अस्पतालमा तनाब सिर्जना भएको थियो । अस्पताल प्रशासन र डाक्टरको कारण एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव सिर्जना भएको हो ।

आइतबार हेटौंडा–१६ स्थित हटियाका १ वर्षीय बालकको मृत्यु भएपछि पीडित पक्षले प्रशासन र डाक्टरको लापरबाहीले आफ्नो बालकको मृत्यु भएको भन्दै शव बुझ्न मानेका थिएनन् । मृतक बालकका बुबा अनिल श्रेष्ठका अनुसार तीन दिन अगाडि घरबाट ज्वरो आउनुको साथै मुखमा सानो घाउ आएपछी बालकलाई अस्पताल ल्याइएको थियो । बिरामी बालकलाई आइसियुमा राखेर ४–५ दिनपछि डिस्चार्ज गर्छु भनेका थिए । उपचारका क्रममा डाक्टर तथा नर्सहरु समयमा औषधि चढाउन समय नआउने र बोलाउँदासमेत बेवास्ता गरेको उहाँको भनाई छ । पीडित पक्षले डा.हरि बहादुर खड्काले लापरबाही गरेको आरोप लगाएका छन् ।
लामो वार्ता र छलफलपछि अस्पताल प्रशासन र बलामी परिवारबीच केही सहमति भयो। अस्पतालले लागेको उपचार खर्च व्यहोर्ने र दोषी पाइएका कर्मचारीहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको परिवारले बताएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: