तिजको गीत “बुढी छुदा कानुन लाग्ने” सार्बजनिक

28

चितवन:हिन्दु महिलाहरुको महान पर्व तिज नजिकिएसँगै सांगीतिक बजार पनि तिज गीतले रंगिन थालेको छ । हाल दैनिक दर्जनको हाराहारीमा तिज गीत सांगीतिक बजारमा सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा तिजलाई नै मध्यनजर गर्दै गायक नारायणप्रसाद न्यौपानेले पनि नयाँ तिज गीत बजारमा ल्याएका छन् । गायक न्यौपानेको स्वर रहेको ‘बढी छुँदा कानून लाग्ने’ बोलको गीत सार्वजनिक भएको हो । कालो कमिला नामक युट्युब च्यानलबाट गत बुधबार गीतको भिडियो सार्वजनिक गरिएको छ ।

अनिल कुँवरको शब्द रहेको गीतमा तिर्थराज पोखरेलले संगीत भरेका छन् । दीपकराज विश्वकर्माको एरेन्ज, मिक्सिङ, मास्टरिङ रहेको गीत अडियो ल्याबमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोमा लक्ष्मण नेपाल, प्रेम श्रेष्ठ, रामेश्वर रिजाल, मुस्कान काप्री, रामशरण कोइराला, भीम ढुंगेलको अभिनय रहेको छ । यस्तै भिडियोमा बुद्धी गुरुङ, सन्तोष तामाङ, सुदिप गिरी, नेत्रराज ढुंगाना, कमलनाथ नेपाल, सरोज नेपाल र खगेन्द्र लम्सालको पनि अभिनय देख्न सकिन्छ ।

आभास रानाले सम्पादन तथा निर्देशन गरेको गीतको भिडियो रावि कोइरालाले खिचेका हुन् ।

श्रीमतीले श्रीमानलाई बलात्कार मुद्दा हाल्ने प्रवृत्ति बढ्दै गएकोमा गीतले व्यंग्य गरेको छ । यस्तै गीतले समग्र देशमा बलात्कारका झुटा आरोप लगाउँदै मुद्दा हाल्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाएको छ भने साँच्चिकै बलात्कारमा परेका पीडितहरुले न्याय नपाएको विषय पनि उठाएको छ ।

गीतले अधिकारको दुरुपयोग बढ्दै गएको भन्दै सदुपयोग गर्नुपर्नेमा जोड दिएको छ । पुरुष दर खाने कार्यक्रमको पृष्ठभूमिमा बनाइएको भिडियो उत्कृष्ट बनेको छ ।

यसअघि गायक न्यौपानेले टी–२० विश्वकप क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न ‘जय होस्, विजय होस्’ बोलको गीत सार्वजनिक गरेका थिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: