सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ चियाबारीमा बोलेरो दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु र ७ जना घाइते भएका छन ।
गोलन्जोर ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरो गाडी चियाबारीमा दुर्घटना भएको हो ।
बा.२० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । अन्य ५ जना घाइतेलाई प्रहरीले जिल्ला अस्पताल सिन्धुली पुर्याएको छ भने दुर्घटनाका कारण विपी राजमार्ग अबरुद्ध बनेकोले बाटो खोल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफलेले जानकारी दिए ,मृत्यु हुने र घाइतेहरुको पहिचान खुलेको छैन।