मकवानपुरमा आफ्नै श्रीमतीको हत्या गरि ११ टुक्रा पारेर पुरेको अबस्थामा फेला

22

मकवानपुरको कैलाश गाउँपालिकामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरी ११ वटा टुक्रा बनाएर जंगलमा लगेर गाडेको तथ्य खुलेको छ । जिल्ला प्रहरी मकवानपुरले हत्याबारे घटना सार्बजनिक गरेको । कैलाश गाउँपालिका वडा नं.५ कालीखोलास्थित काफलडाँडा बस्ने वर्ष २६ को मंगल बहादुर पाख्रिनले गत श्रावण २८ सोमबार आफ्नै श्रीमती वर्ष २० की लक्ष्मी पाख्रिनलाई हत्या गरि कालिखोला स्थित सामुदायिक बनमा गाडेको अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान अधिकृत प्रहरी निरीक्षकको कमाण्डमा श्रावण २९ मंगलबार बिहान घटनास्थलमा गएर घटनाको अनुसन्धान गर्ने क्रममा श्रावण २७ गते आइतरबार दिउँसो साँढे २ बजेको समयमा मंगल बहादुरले आफ्नै श्रीमती लक्ष्मीलाई आफ्नै घर भित्र धारिलो हतियात बन्चरो प्रहार हत्या गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

बन्चरो प्रहार गरी हत्या पश्चात मंगल बहादुरले लक्ष्मीको शवलाई ११ वटा टुक्रा पारी दुई वटा बोरामा हालेर कालीखोलास्थित सामुदायिक वनमा लगेर खाल्डो खनेर गाडेको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार मृतकको कपडाहरु पनि खाल्डोमा गाडिएको अवस्थामा फेला परेको थियो भने घटनामा प्रयोग भएको बन्चरोको बिड फुकाली घर भन्दा पुर्व तर्फ जमिनमा गाडेकै अवस्थामा फेला परेको थियो ।मृतकको गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो, र कपडाहरु समेत खाल्डोबाट बरामद हत्यामा संलग्न मंगल बहादुर तत्काल पक्राउ गरिएको उनले बताए । बुधबार मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिएर मंगल बहादुरमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: