सिन्धुलीको हरिहरपुरगढी गाउपालिका र काठमाडौं विश्वविद्यालय विच रसायनिक मल कारखाना स्थापनाको लागि पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीको लागि सम्झौता भएको छ।
आइतबार काठमाडौमा सम्पन्न कार्यक्रममा हरिहरपुरगढी गाउपालिका वडा नम्वर ३ गुर्जीमा प्रस्तावित ईलेक्ट्रोलाईसिस प्रविधीमा आधारित रसायनिक मल कारखाना स्थापनाको लागी पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन (Pre- Feasibility Study Report ) तयारीको लागी प्रतिनिधी सभा सदस्य राजेन्द्र प्रसाद पाण्डे, बागमति प्रदेश सभा सदस्य पुष्पा भुजेल,हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबा ,काठमाडौं विश्वविद्यालय का उप कुलपति डा.भोला थापा , रजिस्टार अच्युत प्रसाद वाग्ले, काठमाडौं विश्वविद्यालय ग्रीन हाईड्रोजन ल्याव का टिम लिडर प्रो.डा. विराज सिङ्ग थापा, डा. राम लामा, ई. लक्ष्मण लामा, हरिहरपुरगढी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा,जिन्सी शाखा प्रमुख दिपक कार्की , महाचाड ईन्टरनेशनलका प्रतिनिधि राकेश महर्जनको उपस्थितिमा काठमाडौं विश्वविद्यालय तर्फवाट डिन स्कुल अफ ईन्जिनियरिङ्गका प्रा.डा. मनिष पोखरेल र हरिहरपुरगढी गाउपालिकाको तर्फवाट गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवा बिच सम्झौता भएको छ।