बागमती गाउँपालिका अध्यक्षको पहलमा जनश्रमदानबाट सडकको स्ल्याब ढलान

बागमती: मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा जनश्रमदानबाट सडकको स्ल्याब ढलानको कार्य भएको छ l गाउँपालिका अध्यक्ष सर्केश घलानको विशेष पहलमा हिजो बिहिबारदेखि गाउँपालिको कार्यालय गेट अगाडि रहेको वडा नं. ४ झुरझुरे स्थित अधुरो रहेको सडकको करिब १४ मिटर लम्बाइको स्ल्याब ढलानको काम जनश्रमदानबाट आज शुक्रबार सम्पन्न गरेको हो ।
स्ल्याब ढलानका लागि गाउँपालिका अध्यक्ष, स्थानीय जनता र कर्मचारी सहित ३० जनाले जनश्रमदान गरेको गाउँपालिका अध्यक्षका स्वकीय सचिव मनोज बलले जानकारी दिनुभयो।
जनश्रमदानबाट स्ल्याब ढलान भएको सडकको लम्बाइ १३.८५ मिटर, चौडाइ ११.०५ मिटर र उचाइ ०.१३ मिटर रहेको गाउँपालिकाका प्राविधिक सबइन्जिनियर राजेन्द्र बहादुर बोहराले जानकारी दिनु भयो l २ लाख २३ हजार तीन सय आठ रुपैयाँ प्राविधिक लागत अनुमान गरिएको उक्त सडकको स्ल्याब ढलानको काममा ९१ हजार ७ सय आठ रुपैयाँ मुल्य बाराबारको जनश्रमदान भएको गाउँपालिकाका सबइन्जिनियर बोहराले बताउनु भयो ।स्ल्याब ढलानका लागि संजय निर्माण सेवा प्रालिले २० बोरा, शिवालय विल्डर्सले १५ बोरा, नेहरिका विल्डर्स प्रालिले २ बोरा सिमेन्ट सहयोग गरेको छ भने बागमती गाउँपालिकाबाट सिमेन्ट १५ बोरा, गिट्टी १३ घनमिटर, बालुवा ८ घनमिटर निर्माण सामग्री लागेको र पालिकाको आफ्नै मेसिन औजार उपयोग गरी स्ल्याब ढलान गरिएको सबइन्जिनियर बोहराले बताउनुभयो ।
बागमती गाउँपालिकाम पालिका अध्यक्ष सर्केश घलानको पहलमा विभिन्न आयोजनाहरुमा निरन्तर श्रमदान गर्ने कार्य भइरहेको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: