हेटौँडामा अनलाईन मार्फत ठगि गर्ने ९ जना भारतीय नागरिक पक्राउ

हेटौँडाः अनलाईन मार्फत् ठगीको अभियोगमा ९ जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४, पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरको पाँचौं तला भाडामा लिएर अनलाईन मार्फत् ठगी गरेको अभियोगमा सोमबार साँझ ६ बजेको समयमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मेडि असिष्ट नामको कम्पनी मार्फत् अनलाईन ठगी कार्य भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले जानकारी दिनुभएको छ । उहाँका अनुसार पक्राउ पर्नेहरुमा भारतको पटनाका ५७ बस्ने २८ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, उत्तारखण्डका २६ वर्षीय आशिष कब्डौला, झारखण्डका ३४ वर्षीय विशाल कक्कड, झारखण्डका ३८ वर्षीय लोकेश कुमार दुवे, झारखण्डका २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार, उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट विभिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोवाईल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाईरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान बरामद भएको छ ।

प्रहरी उपरीक्षक रिजालका अनुसार २०८० फागुन १० गते हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा भारत पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरिएको छ । परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई संचालन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सिंहले आन्तरिक राजश्व कार्यालय हेटौँडाबाट मेडि असिष्ट कम्पनी देखाएर मानव स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरिएको र उक्त कम्पनीमा १२ जना व्यक्तिहरुलाई काममा राखेको बुझिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।

१२ जना मध्ये ३ जना (द्रबिन कुमार सिंह, रजत शर्मा र प्रकाश) फरार रहेको उहाँको भनाई छ । कम्पनीमा कार्यरत व्यक्तिहरुले १८ देखि ५० हजार भारतीय रुपैयाँ नगदमा तलब बुझ्ने गरेको खुलेपनि भुक्तानीको कुनै पनि अभिलेख फेला नपरेको प्रहरी उपरीक्षक रिजालले बताउनुभएको छ । भारतको राँचीस्थित मुख्य कार्यालयमा मेन सर्भर राखी क्विक कल क्लाइन्ट सफ्टवेयर मार्फत काम गर्ने गरेको खुल्न आएको उहाँले बताउनुभयो । सो सफ्टवेयर मार्फत टार्गेट ग्रुप पहिचान गरी सम्पर्क गर्ने र सम्पूर्ण विवरण भारत ट्रान्सफर गर्ने गरिएको प्रहरी उपरीक्षक रिजालको भनाई छ ।

अनुसन्धानका क्रममा कम्पनीद्वारा कुनै पनि आर्थिक कारोबार कानून बमोजिम नगरिएको र अभिलेखीकरण नभेटिएको उहाँले बताउनुभयो । उक्त कम्पनिबाट हुने गरेको काम कारवाहीको डाटा समेत हेड अफिसको सर्भरमा राख्ने गरेको उहाँको भनाई छ । सो कम्पनीले अधिकांश रातको समयमा मात्र काम गर्ने गरेको अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो ।

पक्राउ परेका उनीहरु माथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१), (२) विपरित कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । उनीहरु माथि सोही ऐनको परिच्छेद ३ को दफा ३४ को उपदफा ३ बमोजिम दण्ड सजाय माग गरी मुद्दा दर्ता गरिएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: