फोनिजले स्थापना दिवसको अबसरमा ६ जना पत्रकार सम्मान गर्दै

10

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५ औं स्थापना दिवसको अवसरमा आइतबार पत्रकारलाई सम्मानित गर्न लागेको हो।

फोनिज कार्यवाहक महासचिव समीर बलामीका अनुसार पुरस्कार छनाेट समितिको सिफारिसअनुसार फोनिज सचिवालयले पुरस्कृत हुनेको नाम अनुमोदन गरेको छ । सम्मानित हुनेहरुमा फोनिज राष्ट्रिय सम्मान २०८१ बाट पत्रकार विजयरत्न तुलाधर, पुष्पहरि क्याम्पा राई, थारु साप्ताहिक पत्रिका लौव अग्रासन (दाङ) लाई दिने निर्णय गरिएको छ ।

सोहीअनुसार फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट सटेन्द्र जबेगु (इलाम), विष्णु तामाङ (काठमाडौं) र खिमा गुरुङ कास्की रहनुभएको छ । सम्मानको राशी जनही २५ हजार रुपियाँ र सम्मानपत्र रहेको छ भने पुरस्कारको राशी जनही २० हजार रुपियाँ र सम्मानपत्र रहने छ।
वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको फोनिजका अध्यक्ष गजुरधन राईले जानकारी दिनुभयो ।
फोनिजले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा ५ जना पत्रकार र एक मातृभाषा पत्रिकालाई सम्मानित तथा पुरस्कृत गर्दै आएको छ । फोनिज स्थापना दिवस मनाउन आवश्यक तयारी धमाधम भइरहेको अध्यक्ष राईले बताउनुभयो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: