प्रहरी कर्मचारीलाई कम्तिमा ४५ मिनेट अनिवार्य शारीरिक व्यायाम गर्न निर्देशन

27

रौतहट, १९ श्रावण/ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार राई आफ्नो कार्यालय मातहत प्रहरी कर्मचारीहरुलाई प्रत्येक दिन कम्तिमा ४५ मिनेट अनिवार्य शारीरिक व्यायाम गर्न निर्देशन दिनुभएको छ ।

भखरै सरुवा भएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर आउनुभएका राईले प्रहरी कर्मचारीहरुलाई शारीरिक व्यायामका फाईदाहरू तथा शारीरिक व्यायाम नगर्दा यसले स्वास्थ्यमा गर्ने असरहरू लगायतका बिषयहरूमा प्रशिक्षण प्रदान गर्दै सो निर्देशन दिनुभएको हो । शनिबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा मातहत समेतका प्रहरी कार्यालयहरूमा कार्यरत ६५ जना प्रहरी कर्मचारीहरुको चन्द्रनिगाहपुर अस्पताल चन्द्रनिगाहपुर रौतहटमा कार्यरत डाक्टर रामजि रामद्वारा बिएमआई परिक्षण गर्दै प्रहरी कर्मचारीहरुको स्वास्थ्य अवस्था बारेमा जाँच गर्नुभएको सो कार्यालयका प्रहरी निरिक्षक साजन कुमार शर्माले जानकारी दिनुभयो ।

प्रहरी कर्मचारीहरुको शारिरीक अवस्थाले प्रहरी कर्मचारीहरुको कार्य सम्पादन तथा सेवाग्राहीहरुमा प्रत्यक्ष असर पर्ने भएकोले प्रहरी कर्मचारीहरुलाई स्वस्थ्य बनाइराख्ने उद्देश्य अनुरुप यो कार्यक्रम राखिएको यसलाई कडाइका साथ लागू गर्ने प्रहरी नायव उपरिक्षक राईले बताउनुभयो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: