आऊ दु:खको हत्या गरौँ :अमृत चोहो ब्लोन

35

आऊ ऊ त्यो पारी डाँडाको टुप्पोमा बसेर
आकशको ताराहरुलाई नियालौँ
करोडौं छन तै पनि सबै चम्किरहन्छन।

झर्णाहरु मुहानदेखि जमिनसम्म छ्याङ छ्याङ गर्दै झर्छन
सयौं पातपतिङ्गर ,पत्थरहरुलाई छुँदै बग्छन
तै पनि झण त्यो शुद्ध ,कञ्चन भएर निस्कन्छन।

कोईलीले कुहुँ कुहुँ गर्दा किन आहा लाग्छ ?
कागले काग काग गर्दा किन बिरक्तिएर आउँछ ?
यो पारिलो घाममा माँहुरी किन भुनभुनाएको ?
आजकाल मान्छेले मान्छेलाई किन सुन्दैन ?

यी माथीका रहस्यहरु जान्नु छ।

मीठो पाक्ने बस्ती नजिक बस्नु चरम दु:ख हो
आऊ प्रिया ,गुन्द्रुक र ढिँडो पस्क
त्यो पारी खेतको आलिमा बसेर खाँनुछ
मीठो परिकारको बास्न भन्दा अलि टाढै।

गुन्द्रुक र ढिँडो खाएको बेस आनन्दी मनले
यति गर्यो भने दु:खले आफैं आत्महत्या गर्नेछ।

मान्छेहरुले नयाँ नयाँ लुगा लगाउँछन
आज चम्किन्छन भोलि हुदैनन्
त्यता हेर्नू खुशी गुम्नु हो
सम्झनु ,म जन्मिदा नाङ्गै आएको थियो।

छोड्नु सुख हो ,झन खोज्नु झन दु:ख हो।
आऊ प्रिय,सब चाहना छोडेर हामी प्रेमको लिलामा बाँधौं।
तिमिले मेरो काँधमा शिर राख्नु म तिमिलाई सुमसुम्याउँछु
र यो खुल्ला पृथ्वीलाई एकसाथ नियाल्दै सोचौँ त!

हावा चलि नै रहन्छ,सुर्य चम्की नै रहन्छ
हामीले मीठो खाऊँन या नखाऊँन
अरुले राम्रो लगाऊँन या नलगाऊँन
यो समय,चक्र निरन्तर बगिरहन्छ।

समय बग्नु भनेको तिमी र म सङ्गै बग्नु हो।
हामी सबै बग्नु हो।
जे छ त्यसैमा रम्नु ,त्यो सत्यलाई बुज्नु हो
सत्यलाई बुज्नु,तारा जस्तै चम्कनु हो
झर्ण जस्तै कञ्चन हुनु हो।

आह! कति मीठो,
फेरि एक डल्ला ढिँडो थपौ त प्रिय !

आऊ यसरी दु:खको हत्या गरौँ ।

कवि:अमृत चोहो ब्लोन हाल शिक्षण पेशामा आबद्द हुनुहुन्छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: