काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एन्ड इन्नोभेसन प्रतिनिधि मण्डलले उद्योग मन्त्रीलाई स्टार्टअप नेसन २०३० लाई सफल पार्न कार्ययोजन पेश गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सचिव मुकुन्दप्रसाद निरौलालाई भेटेर महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा गएको महासंघ स्टार्टअप एण्ड इन्नोभेसन प्रतिनिधि मण्डलले स्टार्टअप नेसन-२०३० लाई सफल पार्नका लागि फोरमले अघि सारेको रणनीतिक योजनाहरु पेश गरेको हो ।
महासंघ स्टार्टअप तथा इन्नोभसन फोरमका सभापति जुन माथेमाको संयोजकत्वको प्रतिनिधि मण्डलले देशको ठूलो हिस्सा ओगटेको युवा र नव युवा उद्यमीहरुका नवीनतम सोचहरुको महत्व र प्रभावलाई बुझेर स्टार्टअप नीति, स्टार्टअप धितो कोष सञ्चालन कार्यविधि-२०८०, आदिको कार्यान्वयन गर्ने प्रक्रियालाई तीव्रता दिनुपर्नेमा जोड दिइएको थियो ।