बागमती प्रदेशका मुख्यमन्त्रीले पाए बिश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रसताव पेश गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । लामा बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको हो । कुल ११० सदस्यीय संसदमा सरकार टिकाउन ५६ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ । जसमा लामाले ६४ जना प्रदेश सभा सदस्यको मत प्राप्त गर्नुभएको छ । उहाँलाई कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेश सभा सदस्यले मत दिएका छन् । प्रदेशसभाको बैठकमा उपस्थित कुल १०३ सदस्य मध्ये उहाँको विपक्षमा ३५ मत रह्यो भने ३ मत तटस्थ रहेको थियो । बैठकमा हाम्रो नेपाली पार्टीका ६ जना प्रदेश सभा सदस्य अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागि हुनुभएन । गत साउन ८ मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका बहादुर सिंह लामाले साउन १२ मा सरकारलाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्री लामाले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गर्नुभएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: