मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ पाँचपाण्डवमा स्कोरपियो दुर्घटना हुदा ५ जना घाइते भएका छन। मदन भण्डारी राजमार्ग अन्तर्गत मकवानपुर सिन्धुली बागमती पुल नजिकै आज बिहान ७:५० बजे उदयपुरदेखि हेटौडा तर्फ जादै गरेको बागमती प्रदेश B AD ७३४६ नम्बरको कालो स्कार्पियो दुर्घटना भएको हो । बागमती पुल नजिक अनियंत्रित भै दुर्घटना भएको चालक दिपक परियार बताए। कारमा ५ जना सवार मध्य चालक उदयपुर जिल्ला कटारी नगरपालिका-४ निवासी वर्ष ३६ को दिपक परियार, सोही नगरपालिका निवासी वर्ष ५३ का राजिव थापा, वर्ष ४७ कि पुष्पा थापा, र मोरङ बिराटनगर -१६ का ६८ वर्ष हरि थापा सामान्य घाइते भएका छन् भने भने मोरङ बिराटनगर -१६ निवासी वर्ष ६५ को लक्ष्मी थापा घम्भिर घाइते भएकि छिन । घाईतेहरुलाई स्थानीय सान्भी पोलिक्लिनिक मेडिकलमा सामान्य उपचार पश्चात् थप उपचारको लागि हेटौंडा लगिएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ।
15