मनहरीमा एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान

हेटौंडा ,साउन ४ :अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी)मनहरी गाउँपालिका समितिले २०८० सालको एसईई परीक्षामा गाउँपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रबार बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै मन्त्री मोक्तानले विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अध्ययनमा विशेष ध्यान दिन आग्रह गरिन् । मन्त्री मोक्तानले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताए ।

50f109aa 9885 412b 809a c1240fd6c736

कार्यक्रममा मनहरी गाउँपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने ११२ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा विशेष अतिथि नेकपा माओवादी केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम, अतिथिहरुमा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, नेकपा माओवादी केन्द्र मकवानपुर सचिव बिर बहादुर घलान(ज्वाला), नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिबेक राइ, बागमती प्रदेश सदस्य तथा मनहरी उपाध्यक्ष सिता पुलामी मगर, जेष्ठ कम्युनिस्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुबेदी, मनहरी गा.पा.२ नं वडा अध्यक्ष राजकुमार पाख्रिन, मनहरी गा.पा.४ नं वडा अध्यक्ष प्रकाश थापा, अखिल (क्रान्तिकारी) बागमती प्रदेश सचिव रामकृष्ण शिवाकोटी, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला कमिटी अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाइवा, सचिव छोइसाङ लामा, सहसचिव विजन लटौंला, कोषाध्यक्ष अनिल बसेल, वाईसिएल हेटौंडा ५ का अध्यक्ष हरि ढकाल, अखिल क्रान्तिकारी जिल्ला सदस्य प्रचण्ड बैज, पुष्पा सुनार, विशाल जिम्बा र आयुष ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटीका सचिव सन्दिपा अर्यालले सन्चालन गरेका थिए कार्यक्रम अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटीका अध्यक्ष प्रकाश मिजारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: