सिन्धुलीको गोलन्जोरमा अटो दुर्घटना एकको मृत्यु ८ घाइते

सिन्धुलीको मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिकामा अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु र आठ जना घाईते भएका छन् ।दुर्घटनामा परी कमलामाई नगरपालिका १३ का अन्दाजी ३५ बर्षकी मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । मृतक मन्दिराका छोरा ११ बर्षका तिर्थ राज पौडेल र ९ बर्षकी छोरी सबिना पौडेल घाईते भएका छन् ।
गोलन्जोर गाउँपालिका वडा नं. ३, बन्दिजोर खोला स्थीत देउरालीटारबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–००१ ह १३७१ नम्बरको अटो गैरी गाऊँबाट ग्वालटारतर्फ जाँदै गरेका पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना भएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।
त्यस्तै घाईतेहरुमा गोलन्जोर गाउँपालिका ४ तिनकन्याका अन्दाजी ३३ बर्षका सन्तोष तामाङ,गोलन्जोर गाउँपालिका ६ का अन्दाजी ४० बर्षकी राम माया गोले,गोलन्जोर गाउँपालिका २ बित्तिजोरका अन्दाजी ६० बर्षका शरे बहादुर सार्की, गोलन्जोर गाउँपालिका ६ का अन्दाजी २२ बर्षकी एकुमाया दमाई, गोलन्जोर गाउँपालिका ३ का अन्दाजी .६१ बर्षका लोक बहादुर काकी र अटो चालक सिन्धुली गोलन्जोर गाउँपालिका २ का अन्दाजी ५५ बर्षका भिम बहादुर ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।
चालक ठकुरी प्रहरीको नियन्त्रणमा लिईएको र घाईतेहरुको स्थानिय सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: