Skip to content

मोरङको बेलबारी बनमा अलपत्र फेला परेका एक वृद्धको उद्दार

मोरङको बेलबारी बनमा अलपत्र फेला परेका एक वृद्धको उद्दार
प्रकाशित:
शब्दको आकार

साउन १:मोरङको बेलबारी स्थित बनमा अलपत्र फेला परेका एक वृद्धको उद्दार भएको छ। आफ्नै छोराबुहारीले वनमा लगेर छोडिदिएका वृद्ध बावुलाई वन कर्माचारीले उद्धार गरेर अस्पताल भर्ना गरेको हो।
बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले उनलाई उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएका छन् ।

उनको अहिले नगर अस्पतालमा उपचार भइरहेको छ। वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्था नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले बताए । बेलबारी नगरपालिका–७, डाङ्गी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको छ।

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts