मकवानपुरे गायक बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ गीत रिलिज हुँदै

हेटौंडाः मकवानपुरे गायक बिरु घलानको ‘तामाङ ह्वाईरी स्याई साईली’ अफिसियल म्युजिक अडियो रिलिज हुँदैैछ । आगामी शुक्रबार गायक एवम् संगीतकार साम्तेन मोक्तान अफिसियल युट्युब च्यानलबाट गीत रिलिज गर्ने तयारी भइरहेको गायक घलानले बताउनुभयो ।

गीतको सम्पुर्ण तयारी पुरा भइसकेको र अब रिलिज हुन मात्र बाँकी रहेको गायक घलानले बताउनुभयो । गायक एवं संगीतकार साम्तेन मोक्तानको शब्द संगीत रहेको गीतमा चर्चित गायिका निर्मला घिसिङ र बिरु घलानको स्वर रहेको छ । गीतको अरेन्ज सानुबाबु घिसिङले गर्नुभएको छ भने रेकर्डडिष्टमा प्रख्यात थिङ हुनुहुन्छ । गीत फ्याफुल्ला स्टुडियोमा रेकर्ड गरिएको हो । गायक घलानले प्रकाश सुनार, शम्भु लामा, निर्माण लामा, माया घलान, राजकुमार आले मगर, पुर्ण दोङ, विशाल आले र सुजन तामाङको पनि महत्वपुर्ण भुमिका रहेको भन्दै धन्यवाद दिनुभएको छ ।

तामाङ कलाकार संघ मकवानपुरका सदस्यसमेत रहनुभएका गायक घलान हेटौंडा–१४ स्थित बनेलधाप निवासी हुन् भने गायिका घिसिङ मकवानपुरको बागमती गाउँपालिकाका हुन् । यसअघि दुबै जना गायक गायिकाहरुले आफ्नो हिट गीतहरु गाइसकेका छन् । गायक घलानको यो तेस्रो गीत हो । सानैदेखि संगीतमा रुची राख्ने घलानले केही समय अघि मात्र फ्याफुल्ला नेपाल युट्युबमार्फत तामाङ सेलो ‘देउराली भञ्ज्याङ’ म्युजिक भिडियो ल्याउनुभएको थियो । अभिनेतासमेत रहेका घलानले तामाङ सेलोलाई थप उचाईमा पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबैको माया पाउने अपेक्षा पनि गर्नुभएको छ ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी - २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: