चितवनमा २ बस पहिरोमा परि बेपत्ता( नाम बिवरण सहित )

चितवनको नारायणगढ मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परि २ वटा बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान रहेको छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेको थियो ।
यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ ।

Raksani dada ban

एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार चालक दल तथा यात्रुको नाम प्राप्त भएको छ ।
वीरगंजको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये ७ भारतीय पनि थिए ।
बस पर्साको रंगपुरबाट काठमाडौँ चल्ने गरेको बताइएको छ । गाडीमा सवारहरुको प्रारम्भिक नाम यस्तो छः

१. बससाहुः राजेन्द्र केसी
२. चालकः नगवाका जवाहिर महतो
३. सहचालक, चौधरी थरका

यात्रुहरु २१ जना
१.अन्सारीजी
२. अरविन्द दुवे
३. सन्तोष (मकालु सैलुन)
४. सुरेन्द्र साह (फलफूल)
५. आवीन्दजी
६. हरिन्द्र पण्डित
७. सुनिल
८. शेहनबाज आलम
९. प्रकाश (पिप्रा)
१०. प्रमानन्द
११. हृदय नारायण राउतसहित ३ जना
१२. सलिम मिया र उनका पत्न्नी जैनबर खातुन (काठमाडौँमा उपचारका लागि हिँडेका)
१३. रैजुल आलमसहित २ जना

बसमा मुसर्वाबाट ७ भारतीय चढेको पनि उल्लेख छ ।

FB IMG 1720756967574

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद्‌ व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका छन् ।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.