हरिहरपुरगढी गाउँपालिकाको क्यानखोला पान्तलेमा कृषकहरुलाई मोटर पम्प र पाईप बितरण गरिएको छ । सिचाई मोटर तथा हस्तान्तरण कार्यक्रममा वडा नम्बर ६,७,८ का कृषकहरुलाई सिचाइ मोटर पम्प र पाईप हस्तान्तरण गरिएको हो ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल “राजन” तथा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले १०३ थान मोटर र ७०५० मिटर पाइप किसानहरुलाई हस्तान्तरण गर्नुभयो ।कार्यक्रममा बोल्नुहुँदै दाहालले “यहाका जनताले बाहिरबाट तरकारीले किन्नु पर्ने बाध्यता हट्नु पर्ने र यहि उत्पादन गरेर पालिका भरी पुर्याउनु पर्ने बताउनुभयो । त्यस्तै अध्यक्ष वाईबाले बिशेषगरि हिउद्को समयमा हरियाली बनाउदै मोटरको सदुपयोग गर्दै पालिकाको कृषि उत्पादनमा सहयोग हुने बताउनुभयो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा वडा न:७ का वडा अध्यक्ष बिच बहादुर मोक्तान वडा न: ८का वडा अध्यक्ष धन बहादुर मोक्तान जिन्सी शाखा प्रमुख दिपक कार्की योजना शाखा प्रमुख राजु उप्रेती लगायतको उपस्थिती रहेको थियो ।