शिक्षा परीक्षा (एसइइ) – २०८० मा चन्द्रपुर नगरपालिकामा सर्वोकृष्ट बन्न सफल भएको छ। चन्द्रपुर नगरपालिकाबाट एसइइमा चन्द्रपुर नगरपालिकाबाट सामुदायिक विद्यालयतर्फ १२ वटा मावि र संस्थागत विद्यालयहरूतर्फ ११ वटा मावि सम्मिलित भएकोमा शत् प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर नमुना चन्द्रपुरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ।
एसइइमा सो विद्यालयबाट ३९ जना विद्यार्थीहरू सम्मिलित भएकोमा सबै विद्यार्थीहरु उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भएको विद्यालयका प्रिन्सिपल लोक श्रेष्ठले जानकारी दिनुभयो ।
आफ्नो विद्यालयले चन्द्रपुर नगरपालिकामा सर्वोकृष्ट नतिजा ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै प्रिन्सिपल श्रेष्ठले नमुनाले आफ्नो स्थापना कालदेखिनै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको स्मरण गर्नुभयो । उहाँले आगामी दिनमा पनि अझ उत्कृष्ट नतिजा ल्याउन विद्यालयले आफ्नो तर्फबाट गर्नुपर्ने कार्यहरू गर्न पछाडि नहट्ने जनाउनुभयो ।
विद्यालयका सञ्चालक लक्ष्मी श्रेष्ठले विद्यार्थीहरूको कडा मेहनत, लगनशीलता र शिक्षक कर्मचारी र अभिभावकको साथ, सहयोग र सहकार्यबाट यो नतिजा ल्याउन सफल भएको बताउनुभयो। उहाँले विद्यार्थीहरूले यो माइलस्टोन हासिल गर्नुभएकोमा गर्व गर्दै विद्यार्थीहरूको आगामी भविष्य अझ उज्ज्वल होस् भन्ने कामना व्यक्त गर्नुभयो। एसइइको नतिजा केवल सुरुवात मात्र भएको भन्दै उहाँले आगामी दिनमा अझ बढी मेहनत गरेर थप शैक्षिक सफलताहरु हासिल गर्न विद्यार्थीहरुलाई प्रेरित गर्नुभयो ।
10