ग्लोबल आइएमई बैंकद्वारा जनता आधारभूत विद्यालयलाई सहयोग

67

चन्द्रपुर, १७ असार: ग्लोबल आइएमई बैंक चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर १ मा रहेको श्री जनता आधारभूत विद्यालयलाई सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई पङ्खा तथा प्रिन्टर सहितको फोटोकपी मेसिन सहयोग गरेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक ध्रुव सिग्देलका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण न्यौपाने को विशेष पहलमा ग्लोबल आइएमई बैंकले सहयोग गरेको हो सुसयोगपछि सो सहयोग पछि विद्यालयको नियमित काम कारबाहीमा निकै सहयोग पुग्ने आशा विद्यालय लिएको प्रधानाध्यापक सिग्देलले बताउनुभयो।

ग्लोबल आइएमई बैंक चन्द्रनिगापुर शाखाका प्रमुख विरोध न्यौपानेले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न कार्यहरु गरेको स्मरण गर्दै विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले विद्यालयलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले विद्यालय र विद्यार्थीहरूलाई सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि बैंकले सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयलाई चन्द्रपुर नगरपालिकाकै उत्कृष्ट विद्यालय बनाउन व्यवस्थापन समिति , शिक्षक कर्मचारी , अभिभावकहरु निरन्तर प्रयासरत रहेको जनाउँदै यसमा समुदायका सबै क्षेत्रहरुले हातेमालो जोड दिनुभयो।
उहाँले सामुदायिक विद्यालय आफ्नो विद्यालयलाई शिक्षाको क्षेत्रमा अब्बल बनाउन विद्यालयले विभिन्न शैक्षिक क्रियाकलापहरूमा विद्यार्थीहरूलाई सक्रिय सहभागिता गराउँदै आएको बताउँदै सरोकारवाला सबैको सहकार्यमा मात्र सामुदायिक विद्यालयहरू राम्रो र गुणस्तरीय बन्न सक्ने धारणा व्यक्त गर्नुभयो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: