बकैया गाउँपालिकाको आर्थिक बर्ष २०८१ /०८२ का लागि ९१ करोड ९५ लाख बजेट बिनियोजन

22

बकैया,असार १०: मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । आज सोमबार भएको दशौँ गाउँसभामा पालिकाका उपाध्यक्ष भक्तपुर खत्री आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नु भएको थियो ।

440b2a3f b3eb 418b 985c ed382ad60f47

गाउँपालिकाले चालू आर्थिक वर्षको भन्दा १० करोड बढी रकमको बजेट ल्याएको हो । पालिकाले चालू आर्थिक वर्षमा ८१ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पालिकालाइ आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३४ करोड ६४ लाख रुपैयाँ, बागमती प्रदेश सरकारले सशर्त अनुदानतर्फ ३ करोड ९ लाख रुपैयाँ उपलब्ध भएको छ । यस्तै संघीय सरकारबाट समपुरक अनुदानबापत २ करोड ८५ लाख, प्रदेश सरकारबाट १ करोड ९७ लाख रुपैयाँ उपलब्ध भएको छ ।

पालिकाले हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडालाई ६५ लाखका दरले बजेट विनियोजन गरेको छ । पालिकाले चालू आर्थिक वर्षमा सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनाहरुलाई सम्पन्न गर्न ३ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्न, सहुलियत दरमा दाना तथा साइलेज विक्री वितरण गर्न तथा प्राङगरिक मल उत्पादन गर्न बकैया कृषि औद्योगिक ग्रामको संचालन गर्न १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
। पालिकाका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा गाउँसभा भएको हो।

Leave a Comment

* By using this form you agree with the storage and handling of your data by this website.

सम्पर्क ठेगाना

+977 9848944780

हरिहरपुरगढी – २ झनझने, सिन्धुली

[email protected]

हाम्रो टिम

प्रबन्धक/प्रधान सम्पादक: विशाल राज राई

सम्पादक: रस्मिता राई

सह-सम्पादक: महेश कुमार राई

सम्बाददाता: रोशन गहतराज

सम्बाददाता: युभास श्रेष्ठ

हाम्रो बारे

कम्पनि दर्ता नम्बर: ३२५७५५/८०/०८१

सञ्चार रजिस्ट्रार द.नं: ००२३०/०८०/०८१ (बागमती प्रदेश)

प्रेस काउन्सिल सू.नं.: