Skip to content

हरिहरपुरगढीको आर्थिक बर्ष २०८१/०८२ का लागि ६८ करोड भन्दा बढीको बजेट बिनियोजन

हरिहरपुरगढीको आर्थिक बर्ष २०८१/०८२ का लागि ६८ करोड भन्दा बढीको बजेट बिनियोजन
प्रकाशित:
शब्दको आकार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आज शनिवार आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम र बजेट ल्याएको छ ।
शिक्षा,स्वास्थ्य,कृषि, पर्यटन, सामाजिक विकास, भौतिक विकास, किसानमुखी ,जनमुखी निति तथा कार्यक्रम गाउँपालिकाले ल्याएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि ल्याएको हो ।

पालिकाको १९ औ गाउँसभाको पहिलो बैठकमा उपाध्यक्ष चेख बहादुर थिङ्गले आउदो आर्थिक बर्षको गाउँपालिका, प्रदेश सरकार र संघिय सरकारको गरी कुल ६८ करोड ५९ लाख ७७ हजार बजेट रूपैयाँ बजेट प्रस्तुत गर्नुभएको थियो ।

कार्यालय प्रशासन तथा प्रशासनिक तर्फ रु.१४ करोड ४५ लाख ८० हजार,प्रशासनिक पूँजीगत तर्फ रु. २ करोड १२ लाख ५० हजार,सशर्त चालू तर्फ रु.२१ करोड ५५ लाख ९ हजार,कृषिमा पशुपंछी विकास सहकारी तथा उधम विकास रु.१ करोड,शिक्षा तर्फ रु. १ करोड ३४ लाख ३८ लाख,स्वास्थ्य तर्फ रु. १ करोड ८४ लाख ५० हजार, लक्षित कार्यक्रम रु. ८९ लाख ५० हजार, युवा खेलकुद तर्फ रु. ३० लाख,सिंचाई, खानेपानी तथा सरसफाई तर्फ रु. ३५ लाख,पुर्वाधार विकास समपुरक १५ शैया अस्पताल तर्फ रु. ३ करोड ६१ लाख,बन तथा वातावरण तर्फ रु. १० लाख
सुशासन तथा संस्थागत विकास तर्फ रु. ७१ लाख ,अन्य संस्थासँग साझेदारी रु.३० लाख,वडागत योजनाहरु तर्फ रु.४ करोड बजेट विनियोजन गरीएको छ ।

अपडेट भएको:

साझेदारी गर्नुहोस्

मेरोपत्र
Author
मेरोपत्र
This author hasn't written a bio yet.

Related Posts